Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

‘जल र मल भए सुन फलाउन सकिन्छ ’

डेक्स

डेक्स

‘जल र मल भए सुन फलाउन सकिन्छ ’
ADVERTISEMENT

नेपालगञ्ज - बाँकेको डुडुवा गाउँपालिका वडा नं ६ का किसान जयलाल मौर्यलाई ‘जल र मल भए सुन पनि फलाउन सकिन्छ’ भन्ने विश्वास लागेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईले आज बाँकेको डुडुवा गाउँपालिकामा स्थलगत अनुगमन गर्ने क्रममा पुगेको टोली समक्ष आफ्ना कुरा राख्दै किसान मौर्यले सो कुरा बताउनुभएको हो । 

किसानको निरन्तर मिहीनेतका कारण डुडुवाको हिरमिनिया तरकारी, धान र मकै उत्पादनमा अब्बल भएको उल्लेख गर्दै उहाँले मिहिनेती किसानका बेग्लै कथा र व्यथा भएको सुनाउनुभयो । उहाँले भन्नुभयो ‘किसानले गरेको  लगानीको प्रतिफल उठाउन विद्युत नियमित नभएका कारण अप्ठयारो भएको छ , त्यसैले जब विद्युत आउछ राती नै सिंचाईका लागि हामी खेत मा दौडिन्छौ ।’
‘हामीले गरेको दुई कट्ठा जग्गामा सिंचाई गर्न दुई दिन पुरा लग्छ तर विद्युतको अनियमितताले सास्ती खेपेका छौ’ उहाँ बताउनुहुन्छ । 

कतिपय किसानले दिउसोमा भोल्टेजको समस्या भएकाले राती नै सिंचाई गर्ने गरेको जानकारी दिदै किसान मौर्यले रातीमा नै सिंचाई गरेर रातीमा नै खेतमा खाना खाने गरेको बताउनुभयो । किसानले दुखः गरेर उत्पादन गरेको वस्तुको बजारीकरण पनि नभएको गुनासो गर्दै उहाँले गरगहना बेचेर पनि किसानले खेतीमा लगानी गरेका छन तर प्रतिफल आउन नसकेको उल्लेख गर्नुभयो ।  उहाँले किसान अहिले प्रविधिमैत्री भएको उल्लेख गर्दै पम्पसेट सञ्चालन हुने ठाँउमा मोर्टर चलाएर सिंचाई हुने गरेको जानकारी दिनुभयो । 

जिल्ला समन्वय समिति, बाँकेका प्रमुख ज्ञानेन्द्र चौधरीले डुडुवाको पहिचानले यसको गौरव बढेको उल्लेख गर्दै किसालाई समयमा मल उपलब्ध हुनुपर्नेमा जोड दिनुभयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले विद्युतको समस्यालाई विद्युत प्राधिकरणसँगको छपललबाट समाधान गरिने जानकारी दिदै किसानलाई सहकारीमार्फत समयमा मल लिन आग्रह गर्नुभयो । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, नेपालगञ्जका प्रमुख राकेश ओझाले कृषि उपकरणमा नेपाल सरकारको लगानी भएकाले सबै किसानले त्यसको लाभ लिन आग्रह गर्नुभयो । 

कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख सकिल अहमदले किसानका कारण कृषिमा परिवर्तन आएको जानकारी दिदै डुडुवा व्वयसायिक खेतीको नमूना क्षेत्र भएको बताउनुभयो । 

वडाध्यक्ष मोहनराम मिश्राले सयममा सिचांइ हुन सके उत्पादन बढाउन सकिने बताउनुभयो । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईले त्यस क्षेत्रका किसानका लागि डुडुवामा ‘कष्टम हायरिङ सेन्टर’स्थापना गरेको छ । 

जनचाहना कृषक समूहले स्थापना गरेको सो सेन्टरबाट किसानले सहुलियत दरमा उपकरणको प्रयोग गर्न पाउछन  । सेन्टरमा ट्याक्टर, ट्राली, कल्टीवेटर, धान थ्रेसर, गहुँ थ्रेसर, रोटावेटर, मकै थ्रेसर, लेजरल्याण्ड लेवरल र रिपर रहेको छ । ती उपकरणमा कुल रु. ४३ लाख लगानी रहेको छ । 

बाँकेको खजुरामा पनि ट्याटक्र लगायतका उपकरण रहेको छ । सबै उपकरण ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराइएको हो । 

‘कष्टम हायरिङ सेन्टर’ डुडुवा बाहेक बैजनाथ गाउँपालिका, जानकी गाउँपालिका, खजुराका ७ स्थानमा रहेको छ । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बैजनाथ (बाँके) १४ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा प्राङ्गारिक कृषि पोषण मेला प्र…

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दिया, जेठ ६ । बर्दियाका युवा महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको प्रदर्शनी…

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

बाँके १ जेठ । रेडियो कृष्णसार एफएमको आयोजना तथा डिभिजन वन कार्यालय बाँकेको आर्थिक …