Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बाँकेका सात हजार पशुमा ‘लम्पी स्किन’ को सङ्क्रमण

डेक्स

डेक्स

बाँकेका सात हजार पशुमा ‘लम्पी स्किन’ को सङ्क्रमण
ADVERTISEMENT

नेपालगञ्ज । बाँकेमा रहेका पशुमध्ये सात हजारमा ‘लम्पी स्किन’ को सङ्क्रमण देखिएको छ । सो सङ्क्रमणबाट जिल्लामा अहिलेसम्म २५ पशुको मृत्यु भएको भएको छ । उक्त सङ्क्रमण जिल्लाभर फैलिएपनि किसानले भ्याक्सीनेसनको सुविधा पाएका छैनन । 
‘केही किसानले नीजि स्तरबाट भ्याक्सीन लगाउनुभएको होला तर जिल्लामा भ्याक्सीन आएको छैन ’ भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ,बाँकेका पशु चिकित्सक रुपेन्द्र कुमार ओलीले भन्नुभयो । 
उहाँले पशुमा देखिएको सङ्क्रमणले ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै जिल्लामा रोगको पहिचानका लागि ल्याब टेष्ट र लक्षण अनुसारको उपचार भइरहेको बताउनुभयो । 
घाउ, खटिरा आएको छ भने त्यसलाई ड्रेसिङ गर्ने काम भएको जानकारी दिदै डा.ओलीले भाइरसबाट सर्ने रोग भएकाले यसको दिगो उपचार नभएको बताउनुभयो । 
नेपालगन्ज उपमहानगरपालिका सहित सबै स्थानीय तहमा सो भाइरसको सङ्रक्रमण देखिएनि राप्तीसोनारी गाउँपालिका र बैजनाथ गाउँपालिका सबैभन्दा बढी प्रभावित भएको भेटरीनरी अस्पतालले जनाएको छ । 
नेपाल भेटरीनरी एसोसियसनका सचिव डा. शंकर न्यौपानेले सङ्क्रमणबाट पशुवस्तुको मृत्युपछि किसानले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको उल्लेख गर्दै किसानको पशुबाट दूधको उत्पादन घटनु, पशु सङ्क्रमणबाट मुक्त भएपनि पहिलेकै अवस्थामा नर्फकनुले किसान मारमा परेको बताउनुभयो । 
उहाँले पशुलाई धेरै ज्वरो आउनु, शरिर र मुखमा फोका जस्ता खटिरा निस्कनु, पशुलाई श्वाशप्रश्वासमा समस्या हुनु, दानापानी नखानु र दुधालु पशु भए दूधको उत्पादन घटाउनु सङ्क्रमणको मुख्य लक्षण भएको जानकारी दिनुभयो । 
डा.न्यौपाने भन्नुहुन्छ ‘यसको रोकथामका लागि मास भ्याक्सीनेशन सुरु गर्नुपर्छ र जैविक सुरक्षामा जोड दिनुपर्छ ।’ 
सङ्क्रमण भएको पशु भए त्यसलाई सामूहिक रुपमा चराउन नलैजाने, पशुको ढुवानी कार्य बन्द गर्ने र आवजातवमा कडाई गरेर पनि यसको न्यूनिकरण हुन सक्ने डा. न्यौपानेले सुझाव दिनुभयो । एउटा रोगी पशुलाई लामखुट्टे, ंझिङ्गा वा किर्नाले टोकेर यसको सङ्क्रमण फैलन सक्ने बताइएको छ । बाँकेमा करिव एक लाखको हाराहारीमा भैसी र ६० हजार हाराहारीमा गाई रहेका छन । 
लुम्विनी प्रदेशमा ७४ हजार २८९ पशु लम्पी स्किन डिजिजबाट सङ्क्रमित भएका छन । अहिलेसम्म २ हजार ७८० पशुको मृत्यु भएको र ५ हजार ७५० भ्याक्सीनेशन भएको पशु अस्पताल, बाँकेले जनाएको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बैजनाथ (बाँके) १४ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा प्राङ्गारिक कृषि पोषण मेला प्र…

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दिया, जेठ ६ । बर्दियाका युवा महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको प्रदर्शनी…

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

बाँके १ जेठ । रेडियो कृष्णसार एफएमको आयोजना तथा डिभिजन वन कार्यालय बाँकेको आर्थिक …