Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

ढल व्यवस्थापन गर्न नाला चौडाईको टेन्डर आवहान

डेक्स

डेक्स

ढल व्यवस्थापन गर्न नाला चौडाईको टेन्डर आवहान
ADVERTISEMENT

नेपालगन्ज, ९ जेठ । नेपालगन्जको सुर्खेतरोडस्थित ठुलो नालाको पुल करिब ८–१० मिटर रहेपनि निकास मात्र ३ मिटर चौडाइ भएकाले पानी थुनिएर समस्या भएपछि त्यसलाई चौडा बनाउनका लागि टेण्डर आवहान भएको छ । सडक डिभिजन कार्यालय नेपालगन्जले उक्त नालाको चौडाई पुर्न निमार्णका लागि हिजो सोमबार टेण्डर आवहान गरेको सडक डिभिजन कार्यालयका प्रमुख निरज शाक्यले बताउनुभयो । 

नालाबाट पानी बग्ने मुहानलाई चौडा बनाएपछि वर्षाको समयमा नेपालगन्ज शहर डुब्ने समस्याको अब अन्त्य हुनेछ । बाँकेका सांसद लक्ष्मी तिवारीको विशेष पहलमा उक्त निमार्णको कार्य यसै आर्थिक वर्षमा हुने प्रमुख शाक्यले बताउनुभयो । वर्षौदेखिको उक्त समस्याका बारेमा नेपालगन्ज सेतुविक चोकस्थित होटल व्यवसायी गोपाल गिरीलगायतका स्थानीयले पटक पटक नेपालगन्ज उपमहानगरपालिका, सडक डिभिजन लगायतसंग आग्रह गर्दा समेत कुनै सुनवाई नभएपछि सांसद तिवारीले यो सवाललाई संघिय सरकारसमक्ष दबाब दिएपछि निमार्णको कार्य अघि बढेको हो । 

राष्ट्रिय स्वतन्त्र पार्टीकातर्फबाट प्रतिनिधीसभा सदस्य तिवारीले नेपालगन्ज सुर्खेतरोड सडक खण्डअन्र्तगत जिल्ला शिक्षा इकाई कार्यालय नजिक रहेको मुख्य नालाको निकासको चौडाईको अभावमा पानी थुनिएकाले पुलको चौडाई बढाएर निकास फराकिलो बनाउनका लागि सम्वन्धित सरोकारवालासंग पुगेर पहल गर्दा काम हुने निश्चित भएको भन्दै खुशी व्यक्त गर्नुभयो । 

संसाद तिवारीले भन्नुभयो, “नेपालगन्ज शहरको मुख्य समस्या ढल निकास र डुबानलाई दिर्घकालिन समाधान गर्नुपर्दछ, त्यसका लागि मेरो पहल पहिलो भयो ।” स्थानीयको समस्या लिएर सांसद तिवारीले सडक डिभिजन कार्यालय, क्षेत्रीय सडक डिभिजन, नेपाल सरकार अर्थ मन्त्रालय, भौतिक पुर्वाधार मन्त्रालयसम्म धाएर नाला पुलको चौडाई बढाउनका लागि लाग्ने लागत स्टिमेट रु तीस लाख बजेट व्यवस्थापन गराउनुभएको हो ।  

सांसद तिवारीले यो समस्यालाई लिएर सडक डिभिजन कार्यालय नेपालगन्ज प्रमुख निरज शाक्य, अर्थसचिव अर्जुनप्रसाद पोख्रेललगायतसंग भेटेर समस्या राख्दा तत्काल निमार्णको कार्य अघि बढाउने सहमती भएर अहिले टेण्डरको सूचना समेत प्रकाशन भएको सांसद तिवारीका निजी सल्लाहकार रविन्द्रकुमार ज्ञवालीले बताउनुभयो । नेपालगन्ज नगरभित्रका प्रायः करिब ८० प्रतिशत सडक तथा नालाहरु निमार्ण भईसकेको छ । तर नाला निमार्ण भएपनि वर्षाको समयमा पानी परेर जम्मा हुने र प्रयाप्त पानीको निकास थुनिएपछि शहर डुबानमा पर्ने समस्या अब समाधान हुनेछ । 

सल्लाहकार ज्ञवालीका अनुसार सांसद तिवारीले यस क्षेत्रका विकास निमार्ण तथा सार्वजनिक सरोकारको सवाललाई मुख्य प्राथमिकताका साथ उठाएर समाधानका लागि पहल गर्नुहुनेछ भने ती सवालहरुलाई आफनो कार्ययोजनामा समेत समेटनुभएको छ । वर्षाको समयमा नेपालगन्जमा केही बेर पानी परेपछि सेतु विक चोक र घरबारीटोल, गणेशपुर, न्युरोडलगायतका स्थानहरु जलमग्न भई घरभित्र समेत पानी भर्ने समस्या रहेको स्थानीय बताउछन । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

बर्दिया जेठ १६ । डिजिटल वित्त तथा लेखा व्यवस्थापन सम्बन्धी वित्तीय व्यवस्थापन सम्बन्धि पाँ…

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

काठमाडौँ, १५ जेठ :आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत सरकारले सूचना तथा सञ्चार …

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

काठमाडौँ, १५ जेठः सरकारले लुम्बिनी(मुक्तिनाथ धार्मिकसांस्कृतिक मार्गमा आधारित निर्वाण…