Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालगञ्जमा ५१ कुण्डिय गायत्री महायज्ञ हुँदै

डेक्स

डेक्स

नेपालगञ्जमा ५१ कुण्डिय गायत्री महायज्ञ हुँदै
ADVERTISEMENT

नेपालगञ्ज ।  गायत्री परिवार प्रज्ञा मंडल नेपालगञ्ज तथा गायत्री परिवार बाँकेको आयोजनामा  ५१ कुण्डिय गायत्री महायज्ञ यही बैशाख २६ गतेदेखि २९ गतेसम्म नेपालगञ्जको  खजुरा रोडमा रहेको गायत्री मन्दिरमा हुने भएको छ ।

वैशाख २६ गते हुने महायज्ञमा बिहान ९ बजेदेखि १२ बजेसम्म दिव्य आकर्षक झाँकीको साथ श्रीमद् पावन प्रज्ञा पुराण एवं चार वेदको भव्य कलश यात्रा, गायत्री शक्तिपीठ धम्बोझी देखि नगर परिक्रमा गरी शुभारम्भ हुने छ ।

साझ ४ बजेदेखि ७ बजेसम्म युग ऋषी तपोनिष्ट वेदमूर्ति पं। श्रीराम शर्मा आचार्यद्वारा रचित श्रीमद् पावन प्रज्ञापुराणको पूजन एवं कथा वाचन गरी शुभारम्भ हुने आयोजकले बताएको छ भने दोस्रो दिन अथवा २७ गते बिहान ५ देखि ६ बजेसम्म ध्यान साधना एवं योग व्यायाम हुने छ ।

७ देखि ११ बजेसम्म विशिष्ट देव आवाहन एवं पूजन डा। जी राज शाक्य ज्यको सहयोगबाट निर्मित यज्ञशालाको उदघाटन संगीतमय श्रीमद् पावन पज्ञापुराण कथा भई शुभारम्भ हुनेछ भने तेस्रो दिन २८ गते बिहान ५ देखि ६ सम्म ध्यान साधना एवं योग व्यायाम, ७ देखि ११ सम्म गायत्री महायज्ञ एवं विभिन्न संस्कार हुने बिहीवार आयोजित पत्रकार सम्मेलनमा बताइएको छ ।

दिउँसो १ः३० देखि ३ बजेसम्म कार्यकर्ता गोष्ठी र ४ बजेदेखि ७ बजेसम्म श्रीमद् पावन प्रजापुराण कथा एवं भव्य दीप महायज्ञ हुनेछ भने चोैंथो अर्थात् अन्तिम दिन बैशाख २९ गते ५ देखि ६ बजेसम्म ध्यान साधना एवं योग व्यायाम हुने छ ।

७ देखि ११ सम्म गायत्री महायज्ञ की पूर्णाहूति हुने र दिउँसो १२ देखि ४ बजेसम्म सत्यनारायण पाठकद्वारा सम्पन्न सवा करोड़ गायत्री मन्त्र जप अनुष्ठानको पूर्णाहूति एवं विभिन्न संस्कार आचार्यगणको विदाई प्रसाद भण्डारा गराई समापन हुने आयोजक गायत्री परिवार पज्ञा मंडल नेपालगञ्ज तथा गायत्री परिवारले बताएको छ ।

 महायज्ञको जिम्मेवारीमा संयोजक सत्यनारायण प्रसाद पाठक, सह–संयोजक डा. विजयप्रसाद प्रधान, महासचिव वेचन गुप्ता, आर्थिक व्यवस्थापनमा गिरवर प्रसाद अग्रवाल, आवासीयमा आकाश गुप्ता, मुख्य प्रचार समितिमा पशुपति दयाल मिश्र, प्रचार समितिमा राज किशोर वढई, पंजियवमा पदम अर्याल, पोडाल समितिमा मनीस कर्माचार्य, यज्ञशाला समितमा रेनु बेलबासे, भोजानालय समितिमा राम गोपाल वैश्य, कलशयात्रामा सेतुलि माया श्रेष्ठ, चन्द्रकला शर्मा, शान्ति सुरक्षामा नारायणदत्त पोख्रेल, गंगा राम थापा, सचिवालयमा राम गोपाल अग्रवाल, जलकल विभागमा बाबा दीन वर्मा, सरसफाइमा विभागमा मीन प्रकाश केसी र मीडिया प्रभारीको जिम्मेवारी रुद्र सुवेदीलाई दिएको आयोजकले बताएको छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

अवधी समुदायका महिलाद्धारा बरसाइत पूजा

अवधी समुदायका महिलाद्धारा बरसाइत पूजा

नेपालगन्ज २ जेठ :पश्चिम नेपालका अवधी समुदायका महिलाहरूले परम्परागत श्रद्धा, भक्ति र स…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालगन्ज २ मङ्गसिर । उच्च अदालत नेपालगन्ज इजलासका वरिष्ठतम न्यायधिस बामदेव ज्ञवालीले …