Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

लहरे तरकारी बालीमा ‘थ्री जी कटिङ’

डेक्स

डेक्स

लहरे तरकारी बालीमा ‘थ्री जी कटिङ’
ADVERTISEMENT

नेपालगञ्ज । बाँकेमा लहरे तरकारी खेतीको उत्पादन बढाउन स्थानीय किसानले ‘थ्री जी कटिङ’ प्रविधि सुरु गरेका छन । यस तरकारी बालीमा पोथी फूलको सङ्ख्या वृद्धि गर्नका लागि अपनाइने एक प्रकारको विधिलाई सो प्रविधि मानिएको कृषि ज्ञान केन्द्र, बाँकेले जनाएको छ । 
कृषि ज्ञान केन्द्र, बाँकेका वागवानी अधिकृत राप्रकाश यादवले लहरे तरकारी बालीमा भाले फूल भन्दा पोथी फूलको सङ्ख्या बढाएर किसानले उत्पादनमा फाइदा लिने विधि ‘थ्री जी कटिङ’ प्रविधि भएको जानकारी दिदै अध्ययन गरेका अगुवा किसान यस प्रविधिमा आर्कषित भएको बताउनुभयो । ‘अधिकांस अगुवा किसानले यस्तो प्रविधिमा चासो दिनुभएको छ ’उहाँले भन्नुभयो । वागवानी अधिकृत यादवले किसानले प्रयोग गर्ने मलखाद, सिंचाइको प्रवन्ध र किटनाशक औषधीको प्रयोगको आधारमा ६ देखि १० गुणा वढी उत्पादन लिन सकिनेमा जोड दिदै लहरे बालीको पुस्तान्तरणबाट किसानले उत्पादनमा वृद्धि गर्न सक्ने उल्लेख गर्नुभयो । 
जिल्लाको डुडुवा गाउँपालिकाको वडा नं ४ र ५, खजुरा गाउँपालिकाका केही वार्डमा ‘थ्री जी कटिङ’ प्रविधिबाट किसानले लाभ लिएका छन । उहाँ भन्नुहुन्छ‘बाँकेमा लहरे तरकारी बालीमा यसलाई नयाँ प्रविधि मानिएको छ ।’ यादवले टमाटरमा सबैभन्दा पहिले सो प्रविधि बाँकेमा अपनाइएको उल्लेख गर्दै जिल्लामा करिव चार बर्षदेखि किसानले अभ्यास गरेको बताउनुभयो । 
खजुरका किसान पदम रानाले अहिले लौकामा ‘थ्री जी कटिङ’ गरेको उल्लेख गर्दै सो प्रविधि प्रभावकारी भएको अनुभव सुनाउनुभयो । उहाँले उत्पादन बढाउन मलखाद र सिंचाइको व्यवस्थापनसँगै फल समयमा नै टिप्न आग्रह गर्दै एउटै लौकाको पातबाट तीन फल लाग्ने जानकारी दिनुभयो । ‘जनसंख्या बढाउन सकिन्छ तर व्यवस्थापनमा पनि गम्भिर हुनुपर्छ’ किसान राना भन्नुभयो । 
‘थ्री जी कटिङ’ मा जब विरुवाको उचाई करिव ६ फिट हुन्छ  तब लौका, घिरौला, चिचिण्डा, काक्रा, करेला टमाटर जस्ता लहरे बालीमा विरुवाको टुप्पो काटने यसरी मुख्य हाँगाको भाग काटदा त्यसको सहायक हाँगाको विकास जस्लाई दोस्रो पुस्ता भनिन्छ र उक्त हाँगामा १० देखि १२ पातको विकास भइसकेपछि फेरी दोस्रो पटक काटने र दोस्रो पटक काटेर आएका हाँगा जस्लाई तेस्रो पुस्ता भनिन्छ । सो पुस्तामा पोथी फूलको सङ्ख्या बढी हुँदा भाले फूल कम भएपनि परागसेचन हुँदा तरकारीको उत्पादन १० गुणासम्म बढी हुन सक्ने बताइएको छ ।  विरुवाको तेस्रो पुस्ताको हाँगामा फल फलाउने विधिलाई ‘थ्री जी कटिङ’ प्रविधि मानिएको हो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बैजनाथ (बाँके) १४ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा प्राङ्गारिक कृषि पोषण मेला प्र…

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दिया, जेठ ६ । बर्दियाका युवा महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको प्रदर्शनी…

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

बाँके १ जेठ । रेडियो कृष्णसार एफएमको आयोजना तथा डिभिजन वन कार्यालय बाँकेको आर्थिक …