Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालगञ्जका होटेल व्यवसायी विस्थापित हुँदै

डेक्स

डेक्स

नेपालगञ्जका होटेल व्यवसायी विस्थापित हुँदै
ADVERTISEMENT

नेपालगञ्ज  ।  कारोबारमा देखिएको मन्दी र बैंकको ऋणका कारण नेपालगञ्जका होटेल व्यवसायी विस्थापित हुने खतरामा छन ।  होटेल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष रङ्गबहादुर खड्काले व्यवसायीलाई मासिक भाडा तिर्न गाह्रो हुँदै गइरहेको अवस्थामा विस्थापित हुने प्रवल सम्भावना रहेको बबताउनुभयो । 

एकातिर आम्दानी बढ्नुको साटो घट्दै गइरहेको र अर्कोेतिर लगानी गर्ने वातावरणसमेत नभएको हुँदा व्यवसायी दिनप्रतिदिन मर्कामा पर्न थालेको उहाँले उल्लेख गर्नुभयो ।  नेपालगञ्जमा साना, मझौला र ठूला गरेर सात सय होटेल छन् । त्यसमध्ये पाँच सय व्यवसायीले मात्र अहिले नवीकरण गरेको जनाइएको छ । 

विगत २५ वर्षदेखि होटेल व्यवसायीका रुपमा चिनिँदै आएका खड्काले पहिलाको तुलनामा ४० प्रतिशतले व्यवसायमा ह्रास आएको जानकारी दिनुभयो। “मैलै विगत २५ वर्षदेखि यही व्यवसाय गर्दै आएको छु, यो २५ वर्षमा जुन गिरावट अहिले भएको छ, त्यो योभन्दा पहिला कहिल्यै भएको थिएन, अहिले मैले मासिक होटेल भाडा ६६ हजार तिर्ने गरेको छु, मेरो आम्दानी दिनप्रतिदिन घट्दै गइरहेको बेला कसरी भाडा तिर्ने रु”, उहाँ बताउनुहुन्छ । 

अध्यक्ष खड्काले व्यवसायीलाई माथि उठाउन नेपाल सरकारले बैंकसँग सहकार्य गरेर बढेको ब्याजदर घटाइ दिने व्यवस्था गर्न आवश्यक रहेकोमा जोड दिनुहुन्छ । उहाँले आर्थिक मन्दी चलिरहेकै समयमा घरधनीले पनि घर भाडा बढाउनुको साटो भाडा घटाइ दिए व्यवसायीलाई धेरै राहत हुने बताउनुभयो । 

नेपालगञ्जका मुख्य बजार क्षेत्रमा दिनप्रतिदिन सटर खाली हुन थालेका छन् । कोभिड–१९ को मारमा परेका व्यापारी गत फागुनदेखि यता झनै मारमा पर्न थालेका हुन् । गोदाम र पसलमा लाखौँका सामान मौज्दात छन् तर कारोबार ठप्प हुँदै गइरहेकाले आफूहरु मारमा परेको व्यापारी बताउँछन् ।

व्यापार सुक्दै गएपछि निकै सस्तो मूल्यमा पसल तथा रेस्टुरेन्ट बिक्री गर्न खोज्दा पनि किन्ने मान्छे भेट्न नसकिएको गुनासो गर्दै होटेल व्यवसायी रामु सेन्चुरीले भने, “दुई वर्षदेखि होटल बेच्नका लागि ग्राहक खोज्दा पनि पाइएको छैन, अहिलेको समयमा पसल किन्ने ग्राहक भेट्टाउनु पनि गाह्रो छ ।”

यसै नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नन्दलाल वैश्यले साना लगानीका व्यवसायीलाई दिने भनिएको कम ब्याजदरको ऋण पाउने कार्यविधिसमेत बन्न नसकेको बताउनुहुन्छ । । कोभिड–१९ र त्यसपछि उब्जिएको आर्थिक सङ्कटले नेपालगञ्जको अर्थतन्त्र धराशयी बनाएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरी भन्नुहुन्छ । 

“लगानी नगरिरहेको बैंकले चर्को ब्याजदरसहित ऋण तिर्न ताकेता गरिरहन्छन्, यो कुराले हामी व्यापारी निकै नै मर्कामा परेका छौँ, व्यापार घट्दै गएका बेला यस्तो कुरा झेल्नुभन्दा पसल नै बिक्री गर्न उचित लागेर धेरै व्यापारी विस्थापितसमेत भइसकेका छन्”, उहाँले भन्नुभयो । 
 नेपालगञ्जमा २० प्रतिशत भाडाका सटर बन्द भएको बताइएको छ ।  

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

बर्दिया जेठ १६ । डिजिटल वित्त तथा लेखा व्यवस्थापन सम्बन्धी वित्तीय व्यवस्थापन सम्बन्धि पाँ…

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

काठमाडौँ, १५ जेठ :आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत सरकारले सूचना तथा सञ्चार …

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

काठमाडौँ, १५ जेठः सरकारले लुम्बिनी(मुक्तिनाथ धार्मिकसांस्कृतिक मार्गमा आधारित निर्वाण…