Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

सरकारमा गएर नतिजा दिनेगरी काम गर्नुपर्छः महामन्त्री थापा

डेक्स

डेक्स

सरकारमा गएर नतिजा दिनेगरी काम गर्नुपर्छः महामन्त्री थापा
ADVERTISEMENT

नेपालगञ्ज ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेसको उद्देश्य सरकारमा जानेमात्र नभई सरकारमा गएर नतिजा दिनेगरी काम गर्नुपर्ने बताउनुभएको छ ।  नेपाली कांग्रेस बाँकेको प्रथम जिल्ला सम्मेलनलाई आज नेपालगञ्जमा सम्बोधन गर्दै महामन्त्री थापाले पाँच महिनाभित्र परिणाम दिने दिशामा सरकार अगाडि बढ्न नसके जनताको धैर्यता टुट्ने छ । त्यसैले नतिजा देखिने गरी काम गर्न आवश्यक भएको बताउनुभयो । 
 अबको पाँच महिनाभित्र परिणाम दिने दिशामा सरकार अघि बढ्न सक्नुपर्ने बताउदै महामन्त्री थापाले आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई छुटको सुविधा नभएको भन्दै परिणाम नदिने मन्त्रीहरुलाई फिर्ता बोलाइने बताउनुभयो । 

उहाँलेगत चुनावमा बनेको गठबन्धन भत्केर पनि पुनः निर्माणका साथमा आएको उल्लेख गर्दै यसलाई पुरै कार्यकाल संसद चल्ने गरी गठबन्धनलाई मजबुद बनाउन पर्नेमा जोड दिनुभयो ।

महामन्त्री थापाले २०८४ मा हुने निर्वाचनमा अब कांग्रेस एक्लै लड्ने गरी अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । निर्वाचन अघिको गठबन्धनले प्रजातन्त्रलाई विकृत बनाउने र नागरिकको छनौट अधिकारलाई साँघुरो बनाउने तर्क गर्दै उहाँले अबको निर्वाचनमा कांग्रेस एक्लै लड्ने गरी संगठित हुनुपर्ने उल्लेख गर्नुभयो।

नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा भएको सम्मेलनमा केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, राष्ट्रिय सभाकी प्रमुख सचेतक अनिता देवकोटालगायत, जिल्लाका पूर्व पार्टी सभापतिहरु किरण कोइराला, गजेन्द्र हमाल र कृष्णमान श्रेष्ठ, क्षेत्रीय सभापतिहरु पोषण केसी, रमेशकुमार गुप्ता लगायतले सम्बोधन गर्नुभएको थियो । 

सम्मेलनमा सभापति गौडेलले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम, सचिव सुधांशु कोइरालाको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष यज्ञबहादुर बस्नेतको आर्थिक प्रतिवेदन पारित गरिएको छ । त्यसक्रममा प्रजातन्त्र सेनानी, पूर्व पार्टी सभापति, उत्कृष्ट वडा सभापति, महिला वडा सभापति, सहिद परिवार तथा जनआन्दोलन र द्वन्दका घाइतेलाई सम्मान समेत गरिएको छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया, २४ फागुनः निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुरसि…

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

नेपालगन्ज, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नं.-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके, २३ फागुन : बाँके निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का …