Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

मेलमिलापबाट जीत सम्भव हुने

डेक्स

डेक्स

मेलमिलापबाट जीत सम्भव हुने
ADVERTISEMENT

नेपालगञ्ज । समाजमा हुने विवादको   समाधान खोज्ने उद्देश्यले नेपालगञ्जमा सञ्चालन भएको मेलमिलाप तालिम शुक्रबार सम्पन्न भएको छ । ‘हाम्रो समस्या हाम्रै समाधान  र मेलमिलाप’ भन्ने मुल नाराका साथ आठ दिनसम्म सञ्चालन भएको सो तालिमका सहभागिले मेलमिलापबाट मात्र सबैको जित सम्भव हुने बताएका छन । 

गत चैत्र १० गतेबाट सञ्चालन गरिएको तालिमको समापनमा तुल्सीपुर उच्च अदालत नेपालगञ्जका मुख्य न्यायाधिस रत्नबहादुर बागचनले हरेक जीवन्त समाजमा कुनै न कुनै विवाद स्वभाविक रुपमा हुने  भएकाले  त्यसलाई सकारात्मक रुपमा समाधान गर्न सके समाज उन्नतीतर्फ जाने बताउनुभयो । 

उनले उचित समयमा समाधान नगरिएको बिवादले समाजमा बैमनस्यता ल्याउने र समयमै समाधान गरिने बिवाद, द्वन्द्वले सकारात्मक परिणाम समेत ल्याउने बताउदै त्यसको सहि समाधान मेलमिलापकर्ताले मात्र गर्न सक्ने कुरामा जोड दिए । उनले मेलमिलापकर्ताको सानो प्रयासले पनि अदालतमा आउने मुद्दाको भार कम हुने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा उच्च अदालत तुल्सीपुरका न्यायधिश बामदेव ज्ञवालीले नेपालगञ्जमा मेलमिलापको अवस्था नाजुक रहेकोले यस्तो तालिमको आयोजना गर्नुपरेको बताउदै समाजलाई सकारात्मक र रचनात्मक बनाउनका लागि सकारात्मक विषयको खोजी मेलमिलापबाट मात्र सम्भव हुने बताउनुभयो । 

उहाँले मेलमिलाप मुद्दा दायर गर्नु पूर्व, मुद्दा सुनुवाईका क्रममा र कतिपय अवस्थामा सुनुवाई पश्चात अर्थात फैसला कार्यान्वयनको चरणमा पनि हुन सक्ने औल्याउदै समाजमा मेलमिलापकर्ताको ठूलो भूमिका रहने कुरामा जोड दिनुभयो । 

सामुदायिक मेलमिलाप समाजकी अध्यक्ष तथा प्रशिक्षक शोभा बस्नेतले बिवादका पक्षहबीच सहमती कायम गरी बिवादको समाधान गर्ने सिपको प्रयोग गरि कुशल सहजकर्ताको भुमिकामा मेलमिलाप तालिम प्राप्त जनशक्तिले बिवाद मिलाउनेमा आफु बिश्वस्त रहेको उल्लेख गर्नुभयो । 

कार्यक्रममा पूर्व न्यायाधिश, अधिवक्ता, शैक्षिक क्षेत्रमा लामो समय योगदान दिएका ब्यक्ति, समाजसेवी, पत्रकार, सामाजिक अधिवक्ता, पूर्व सरकारी कमचारी आदि गरि २६ जनाको सहभागितामा सञ्चालन गरिएको उक्त तालिमको संचालन उच्च अदालतका प्रशासकिय अधिकृत बिरबहादुर बिकले गर्नुभएको थियो । 
तालिमको समापन समारोहमा सहभागिका तर्फबाट बोल्दै तथा मुस्लिम समुदायकि सामाजिक अभियान्ता शाहिदा बानो शाह र पूर्व न्यायाधिश यज्ञराज भट्टले तालिममा सिकेका कुरा जीवन उपयोगी रहेको बताउनुभयो । 

समाजमा उत्पन्न हुने बिवाद मध्ये ८५ प्रतिशत बिवाद मेलमिलापबाट समाधान गर्न सकिने किसिमका हुने र १५ प्रतिशत विवाद मात्र अदालतमा दर्ता हुने त्यो मध्ये पनि अधिकाँश विवाद मेलमिलापबाट समाधान हुन सक्ने अवस्था रहने बताइएको  छ । 

द एसिया फाउण्डेशनको सहयोग तथा मेलमिलाप परिषद नेपाल र सामुदायिक मेलमिलापकर्ता समाजको आयोजना, उच्च अदालत तुल्सीपुरको समन्वयमा  सञ्चालन गरिएको तालिममा मेलमिलाप परिषदका अध्यक्ष तथा सर्बोच्च अदालतका न्यायधिश ईश्वरप्रसाद खतिवडा, टेकप्रसाद ढुङ्गाना, भानुभक्त रिजाल लगायतले प्रशिक्षण दिनुभएको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

काठमाडौँ, ६ जेठः बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घ…

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बसन्त गौतम नेपालगन्ज, १७ वैशाख । एडभोकेसी फोरम नेपालको आयोजना तथा बाँके जिल्ला अदा…

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बर्दिया ९ बैशाख । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्र…

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

नेपालगन्ज, ४ बैशाख । बाँकेको खजुरा गाउँपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार …