Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

डा.अहिराजद्धारा राष्ट्रपतिको ध्यानाकर्षण

डेक्स

डेक्स

डा.अहिराजद्धारा राष्ट्रपतिको ध्यानाकर्षण
ADVERTISEMENT

कमल राज पौडेल 
बर्दिया, १४ चैत्र मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा. राजेश अहिराजले मिटर व्याजीको विषयलाई लिएर राष्ट्रपतिको ध्यानाकर्षण गराउनुभएको छ । ध्यानाकर्षण पत्रमा मिटर व्याजी पिडित नागरिकहरुको समस्या यथासिघ्र संबोधन गर्न सरकारको ध्यानाकर्षण गराउन, अनसनस्थलबाट राष्ट्रपतिलाई अनुरोध गरिएको हो ।

डा.अहिराजले लेखेको ध्यानाकर्षण पत्रमा देशभित्र दिनानु दिन नागरिकहरु असुरक्षित हुँदै गएको र विभिन्न खाले आर्थिक उत्पीडनको शिकार हुनुपरेको, गणतन्त्र र संघीयतालाई संस्थागत गर्न नागरिकहरुको भूमि, भावना र भविष्य अनिवार्य रुपमा सुरक्षित हुनुपर्ने, संविधानप्रति आदर र सरकार प्रतिविश्वास कायम हुन सकेमात्र गणतन्त्र साझा हुन सक्ने, प्रदेशभित्र देखिएका समस्याहरुमा प्रदेश सरकार गम्भीर नहुनु र पीडितहरु पनि प्रदेश सरकार माथि अपनत्व महसुस गर्न नसक्नु, नागरिकहरुलाई आफ्नो समस्याको समाधान खोज्न संघीय राजधानी काठमाडांैमा धाउनुपर्ने बाध्यता अन्तय गर्नूपर्ने लगायतका विषयहरु उल्लेख गरिएको छ ।

मिटर व्याजी पिडितहरुको समस्या समाधानका लागि गृहमन्त्रालयले कार्यदल गठन गरेको र सो कार्यदलले पौष १९ गते आफ्नो प्रतिवेदन गृहमन्त्रीलाई पेश गरिसकेको छ ।

गृह मन्त्रालयका अनुसार मिटर व्याजीको देशभरि ३ हजार ३ सय ५१ उजुरी दर्ता भएको मध्ये ३ सय ४६ उजुरी फर्चाेट भईसकेको छ भने ८ सय ५० उजुरीहरु सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरुमा अनुसन्धानका लागि पठाईएको र ७ सय उजुरी अदालतमा दर्ता भएको छ । गृह मन्त्रालयका सह–सचिव डा.भीष्मकुमार भुषाल भन्नुहुन्छ, वर्तमान कानुनले यो समस्या समाधान हुने देखिएन त्यसैले नयाँ कानुन बनाउनुपर्नेमा जोड दिनुभयो । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया, २४ फागुनः निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुरसि…

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

नेपालगन्ज, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नं.-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके, २३ फागुन : बाँके निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का …