Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

सात सय टन जडीबुटी कुहिने अवस्थामा

डेक्स

डेक्स

सात सय टन जडीबुटी कुहिने अवस्थामा
ADVERTISEMENT

नेपालगञ्ज । भारततर्फ निकासी गर्ने गरी दुई वर्षअघि खरिद गरिएको सात सय टन जडीबुटी निकासी हुन नसक्दा कुहिने अवस्थामा पुगेको छ ।  भारतीय प्लान्ट क्वारेन्टाइनले १६ प्रकारका जडीबुटीलाई निकासी सूचीमा नसमेटेकाले निर्यात हुन नसकेको जडीबुटी व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष टङ्कप्रसाद शर्माले जानकारी दिनुभयो । 

निर्यातका लागि तयार गरिएको जडीबुटी अलपत्र हुँदा व्यवसायीको करोडौँ  नोक्सान हुने अवस्था आएको भन्दै सरकारले निर्यातको वातावरण बनाइदिनुपर्ने उहाँको माग छ । शर्माका अनुसार जटामसी मार्क, अमला, सिकाकाई, तिगेडी, कुट्की, दालचिनी, पाखनभेद, चुत्रो बोक्रा, चुत्रो काठ, पदमचाल, तेजपात, सुगन्ध कोकिला, अश्वगन्धा पाउडर, अमलवेद र टिमुरलगायत १६ प्रकारका जडीबुटीको निकासी बन्द भएको छ ।

जडीबुटी व्यवसायी सङ्घका महासचिव भानुभक्त रिजालले नेपाली जडीबुटीको ८० प्रतिशत बजार भारत नै भएकाले निकासीमा हुने अड्चन हटाउने विषयलाई पनि प्रधानमन्त्रीको भारत भ्रमणको एजेन्डा बनाउनुपर्ने उल्लेख गर्नुभएको छ ।  निकासी रोकिएपछि गोदाममा थन्किएका अधिकांश जडीबुटी कुहिन थालेको व्यवसायी मोहम्मद याकुब अन्सारीले बताउनुभयो । 

भारतीय रोकावटका कारण नेपालगञ्जबाट हुने जडीबुटी निर्यात बर्सेनि घट्दै छ । सङ्घका अनुसार आव २०७७र७८ मा नेपालगञ्ज हुँदै ४२ थरीका ४५ लाख १८ हजार ७७७ केजी जडीबुटी निकासी भएको थियो । आव २०७८र७९ मा घटेर ४२ लाख २० हजार २२८ केजी जडीबुटी निर्यात भएको थियो ।

बाँकेमा जडीबुटीसम्बन्धी १२ उद्योग छन् । नेपालका विभिन्न जिल्लामा सङ्कलन गरिएका ३० प्रकारका जडीबुटी नेपालगञ्ज ल्याएर भारततर्फ निकासी हुँदै आएकामा निकासीमा अवरोधले व्यवसाय नै धरापमा परेको व्यवसायीको गुनासो छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

बर्दिया जेठ १६ । डिजिटल वित्त तथा लेखा व्यवस्थापन सम्बन्धी वित्तीय व्यवस्थापन सम्बन्धि पाँ…

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

काठमाडौँ, १५ जेठ :आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत सरकारले सूचना तथा सञ्चार …

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

काठमाडौँ, १५ जेठः सरकारले लुम्बिनी(मुक्तिनाथ धार्मिकसांस्कृतिक मार्गमा आधारित निर्वाण…