Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बजारमा बढ्दै काजुको माग

डेक्स

डेक्स

बजारमा बढ्दै काजुको माग
ADVERTISEMENT

नेपालगञ्ज । महंगो ड्राइफ्रुटका रुपमा चिनिने काजु अहिले सामाजिक सञ्जालमा चर्चामा छ । ऋषि धमला र शर्मिला वाइबाको ‘काण्ड’ ले काजुको छवि नै बिग्रिने गरी ट्रोल भइरहँदा बजारमा चाहिं कस्तो असर परेको हुँदो हो त रु

हामीले केही पसलेहरुसँग बुझ्दा उनीहरुले काजुको व्यापार उल्लेख्य बढेको बताए । यद्यपि, कतिपय उपभोक्ता भने काजु किन्न आउँदा धकाउने गरेको उनीहरुको अनुभव छ ।

कलंकीस्थित श्रेष्ठ किराना पसलका सञ्चालक ओम श्रेष्ठले पछिल्ला दिनहरुमा काजुको ‘सर्टेज’ नै हुन थालेको दाबी गरे । होलसेलमा पनि नपाएर उपभोक्तालाई फर्काउनु परेको उनले सुनाए ।

श्रेष्ठले भने, ‘मैले आधा केजीसम्मको प्याकेट बनाएर काजु बिक्री गर्ने गरेको छु । आधी केजीको १ हजार रूपैयाँ पर्छ । तर, केही दिनदेखि काजु नै सकिएको छ । धेरै ग्राहकलाई फर्काउनुपरेको छ । काजु ल्याउने पार्टीलाई फोन गर्दा पनि बजारमा कमी भएकाले केही दिनमा मात्रै ल्याइदिन्छु भन्ने उत्तर दिइरहेका छन् ।’

माग धेरै भएको कारण अब खुला काजु पनि बिक्री गर्ने श्रेष्ठले बताए ।

मसला भण्डारका सञ्चालक दिनेश अग्रवालले पनि पछिल्लो केही दिनमा काजुको माग निकै बढेको बताए । अग्रवालले भने, ‘पहिले मेरो पसलमा आएका ग्राहकमध्ये ४० देखि ५० प्रतिशतले काजु किन्ने गरेका थिए । केही दिनदेखि ७० प्रतिशत जति ग्राहकले काजु किन्छन् ।’

यसअघि कोरोनाकालमा काजुको बिक्री यसैगरी बढेको उनको अनुभव छ । अहिले चाहिं के कारणले माग बढेको हो भन्ने उनले हेक्का पाएका छैनन् ।

‘कोरोनाको बेला शरीरमा तागत आउँछ भनेर काजुको माग बढेको थियो । तिहारका बेला अत्यधिक माग हुनु स्वाभाविक हो । अहिले खोइ के कारण हो, झण्डै तिहारकै बेलामा जस्तो बिक्री बढेको छ’, अग्रवालले दाबी गरे ।

ज्योति ट्रेडर्सका सञ्चालक रमेश मिश्रले पनि नेपाली बजारमा काजुको माग केही दिनदेखि बढेको उल्लेख गरे । ‘देश आर्थिक मन्दीमा छ भन्छन् । अन्य वस्तुहरुको बिक्री कमजोर छ । तर, काजुको बिक्री भने अचानक बढेको छ’, मिश्रले भने ।

दैनिक ३ देखि ५ केजीसम्म काजु बिक्री हुने ठाउँमा अहिले ८ देखि १२ केजी बिक्री भइरहेको उनको अनुभव छ । पसलमा काजु किन्न आउने कतिपय ग्राहक खितखित हाँस्ने गरेको पनि मिश्र बताउँछन् ।

‘खोइ किन काजुलाई यसरी हाँसोको विषय बनाइएको हो, थाहा छैन । हामी व्यापारीलाई व्यापार भए पुग्यो, अरु चासो नै छैन’, उनले भने ।

बजारमा काजुको अभाव भने नरहेको पसलेहरु बताउँछन् । नेपालमा प्रतिकिलो १ हजार ५ सयदेखि २ हजार ३ सयसम्म मूल्यमा काजु बिक्री हुने गरेको छ ।

कति आयात हुन्छ काजु रु

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७९र८० को ७ महिनामा नेपालमा विभिन्न देशबाट ४१ करोड ४५ लाख रुपैयाँ बराबरको ६ लाख ३३ हजार केजी काजु आयात भएको छ ।

नेपालमा चीन, भारत, नाइजेरिया, भियतनाम, सिंगापुरलगायतका देशबाट काजु आयात भएको छ । भारतबाट सबैभन्दा धेरै ५० करोड रुपैयाँको काजु नेपालमा भित्रिएको छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

बर्दिया जेठ १६ । डिजिटल वित्त तथा लेखा व्यवस्थापन सम्बन्धी वित्तीय व्यवस्थापन सम्बन्धि पाँ…

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

काठमाडौँ, १५ जेठ :आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत सरकारले सूचना तथा सञ्चार …

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

काठमाडौँ, १५ जेठः सरकारले लुम्बिनी(मुक्तिनाथ धार्मिकसांस्कृतिक मार्गमा आधारित निर्वाण…