Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

मेलमिलाप विवाद समाधानको प्रभावकारी माध्यम ः न्यायाधीश खतिवडा

डेक्स

डेक्स

मेलमिलाप विवाद समाधानको प्रभावकारी माध्यम ः न्यायाधीश खतिवडा
ADVERTISEMENT

नेपालगञ्ज । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले मेलमिलाप विवाद समाधानको प्रभावकारी माध्यम भएको बताउनुभएको छ ।नेपालगञ्जमा आज आयोजित मेलमिलापसम्बन्धी आधारभूत तालिमको उद्घाटन समारोहमा न्यायाधीश खतिवडाले समाजमा हुने विवादको मूल कारण पहिचान गर्न सकिए सहजरुपमा समाधानको उपाय आउने बताउनुभयो । 

“विवाद के हो रु कसरी भयो रु र कारण के हो भन्ने विषय पहिचान भएपछि समाधानको उपाय निस्किन्छ”, न्यायाधीश खतिवडाले भने, “विवाद आफैँमा खराब होइन समाजलाई सिर्जनशील परिवर्तनका लागि विवाद आवश्यक हुन्छ विवादबाट बिग्रिएको सम्बन्धलाई मेलमिलापबाट जोड्न सकिन्छ ।”

जातीय छुवाछुत, महिला अधिकारलगायतका विषय समाजभित्रको द्वन्द्व विवादबाट सिर्जनशील परिवर्तन भएर आएको उल्लेख गर्दै उनले भने, “कुनै पनि विवाद र द्वन्द्व समाधानको प्रयास न्यायपूर्ण नभए त्यसले विद्रोह ल्याउन सक्दछ ।”

मेलमिलाप विवाद समाधानको प्रभावकारी माध्यम भए पनि मेलमिलापकर्ताको सङ्ख्या पर्याप्त हुन नसकेको बताउँदै न्यायाधीश खतिवडाले मेलमिलापसम्बन्धी आधारभूत तालिम प्राप्त भएपछि मेलमिलाप कर्ममा लाग्न आग्रह गरे ।

उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका वरिष्ठतम् न्यायाधीश डा रत्नबहादुर बागचन्दले मेलमिलापले जनतालाई न्याय प्राप्त गर्ने प्रक्रियामा ठूलो सघाउ पुगेको बताए ।

अदालतमा आएका कतिपय मुद्दाहरुसमेत मेलमिलापमा पठाउने गरेको जानकारी दिँदै उहाँले मेलमिलाप प्रक्रियालाई थप प्रभावकारी बनाउन यसमा देखिएका समस्यामा केन्द्रित भई काम गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । 

सामुदायिक मेलमिलापकर्ता, समाज र मेलमिलाप परिषद्को आयोजना तथा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलास समितिको समन्वयमा भएको कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका २३ वडाका मेलमिलापकर्ता सहभागी भएका थिए ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

काठमाडौँ, ६ जेठः बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घ…

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बसन्त गौतम नेपालगन्ज, १७ वैशाख । एडभोकेसी फोरम नेपालको आयोजना तथा बाँके जिल्ला अदा…

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बर्दिया ९ बैशाख । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्र…

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

नेपालगन्ज, ४ बैशाख । बाँकेको खजुरा गाउँपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार …