Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

लुम्विनी प्रदेशमा सरकारको सर्मथन फिर्ता लिने सम्भावना

डेक्स

डेक्स

लुम्विनी प्रदेशमा सरकारको सर्मथन फिर्ता लिने सम्भावना
ADVERTISEMENT

नेपालगञ्ज । लुम्बिनी प्रदेशको पहिलो अधिवेशनको सातौं बैठक यही चैत ७ गते बस्ने गरी आह्वान भएको छ।

चैत ७ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो।

प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले सूचना निकालेर बैठक बस्ने जानकारी गराउनुभएको छ । 

चैत ७ मा बस्ने बैठक अघि नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी लगायत सत्ता साझेदार दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना छ।

लुम्बिनीमा नेकपा एमालेका स्थायी कमिटी सदस्य लीला गिरी मुख्यमन्त्री छन्। अब नयाँ सरकार गठन प्रक्रिया सुरु हुने नेपाली कांग्रेसका एक सांसदले बताएका छन । 

लुम्बिनीमा सरकार जोगाउन कम्तिमा पनि ४४ सांसदको समर्थन आवश्यक पर्ने देखिन्छ। लुम्बिनी प्रदेशसभामा कुल ८७ सदस्य छन्। यो प्रदेशमा एमालेका २९, कांग्रेसका २७, माओवादीका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका ४र४, जनमत पार्टी र जसपाका ३र३ जना सांसद छन्।

माओवादीबाट बिद्रोह गरी तीन जनाले स्वतन्त्र उठेर निर्वाचन जितेका छन्। जसमध्ये एक जनाले माओवादी प्रवेश गरिसकेका छन्। गत पुस २७ गते एमालेका संसदीय दल नेता गिरी मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । 

मुख्यमन्त्री नियुक्तिको एक महिनापछि मात्रै उहाँले मन्त्रिपरिषद विस्तार गर्नुभएको थियो । 

मन्त्रिपरिषदमा मुख्यमन्त्रीसहित एमालेका पाँच , माओवादीका तीन , राप्रपा र जनमत पार्टीबाट एकरएक जना हुनुहुन्छ । 

एमालेका चेतनारायण आचार्य खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालय, विष्णुप्रसाद पन्थी स्वास्थ्य मन्त्रालय, दुर्गाप्रसाद चौधरीलाई वन तथा वातावरण मन्त्रालय र तुलसीराम शर्मालाई कृषि तथा भूमि व्यवस्था हुनुहुन्छ । 

माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा आर्थिक मामिला मन्त्रालय, ईन्द्रजित थारु भैतिक पूर्वाधार विकास मन्त्रालय, कृष्णा केसी आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्री हुनुहुन्छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका जानकीप्रसाद यादवलाई उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय र जनमत पार्टीका चन्द्रकेश गुप्तालाई सामाजिक विकास मन्त्री हुनुहुन्छ ।  सरकारलाई समर्थन गरेका नागरिक उन्मुक्ति, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीबाट कोही मन्त्री भएका छैनन । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया, २४ फागुनः निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुरसि…

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

नेपालगन्ज, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नं.-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके, २३ फागुन : बाँके निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का …