Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालगञ्ज सहितका नाकाबाट आयात घट्दै

डेक्स

डेक्स

नेपालगञ्ज सहितका नाकाबाट आयात घट्दै
ADVERTISEMENT

नेपालगञ्ज । चालु आर्थिक वर्ष २०७९र८० को सात महिनामा आयात र निर्यात दुवै घटेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आवको सात महिनाको तथ्याङ्कअनुसार आयात १९ दशमलव ९ र निर्यात २९ प्रतिशतले घटेको हो । राष्ट्र बैङ्कका अनुसार सात महिनामा रु ९३ अर्ब ४३ करोड बराबरको स्वदेशी वस्तुको निर्यात गरेको । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८८ दशमलव ३ प्रतिशतले बढी हो । सो अवधिमा भारत र चीनतर्फको निर्यातमा कमी आउँदा अन्य देशको निर्यातमा भने वृद्धि भएको छ । भारतमा ३७ दशमलव ७ प्रतिशत, चीनमा १३ दशमलव ४ प्रतिशतले कमी आउँदा अन्य देशको निर्यातमा ८ प्रतिशतले वृद्धि भएको तथ्याङ्कमा उल्लेख छ । नेपालबाट जिङ्क सिट, अलैँची, पार्टिकल बोर्ड, ऊनी गलैँचा, पोलिष्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ । सात महिनाको अवधिमा नेपालले रु नौ खर्ब १८ अर्ब १७ करोड बराबरको विदेशी वस्तु आयात छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४२।८ प्रतिशतले बढेको भए पनि चालु आवको सोही अवधिको तुलनामा १९ दशमलव ९ प्रतिशतले आयात घटेको हो । सो अवधिमा पेट्रोलियम पदार्थ, स्पोन्ज आइरन, रासायनिक मल, सुन, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारीसाधन तथा स्पेयर पार्टस्, औषधि, एमएस विलेट, दूरसञ्चारका उपकरण तथा पार्ट्स, चाँदी लगायतका वस्तुको आयात घटेको छ । सात महिनामा भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, नेपालगन्ज, रसुवा र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ, भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

बर्दिया जेठ १६ । डिजिटल वित्त तथा लेखा व्यवस्थापन सम्बन्धी वित्तीय व्यवस्थापन सम्बन्धि पाँ…

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

काठमाडौँ, १५ जेठ :आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत सरकारले सूचना तथा सञ्चार …

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

काठमाडौँ, १५ जेठः सरकारले लुम्बिनी(मुक्तिनाथ धार्मिकसांस्कृतिक मार्गमा आधारित निर्वाण…